
बारा, ३१ भदौ बाराकोजितपुरसिमराउपमहानगरपालिका–२३ सागर आयल पेट्रोल पम्प नजिकै गएराति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
वीरगञ्ज–पथलैया सडक खण्डमा ना ३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले ना ४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मंगलबार राति करिब ८:३० बजे ऐरोटेक ग्यास कम्पनीबाट निस्किएर सर्भिस लेनबाट एक्सप्रेस-वेतर्फ प्रवेश गर्दै गरेको ट्रकले जितपुरबाट वीरगञ्जनेतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएकोमा चिकित्सकले जाँच गर्दा राति ९:१० बजे दुवैलाई मृत घोषित गरेका हुन् ।
मृतकहरूमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ नगवा बस्ने ३५ वर्षीय रवीन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलीप चौधरी रहेका छन् । उनीहरूमध्ये मोटरसाइकल चालक को थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी नायब निरीक्षक उमेश निरौला र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमाण्डमा प्राविधिकसहितको टोली खटिएर घटनास्थलको अनुसन्धान गरेको थियो ।
दुर्घटनामा संलग्न रहेकोे ट्रक र ५८ वर्षीय चालक सुनिलराज पाठक लाई प्रहरीले नियन्त्रणमा लिएका छ । चालक र ट्रक इलाका प्रहरी कार्यालय सिमरामा राखेको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको प्रहरीले जानकारी गराएको छ । मृतक दुवैको शव परीक्षणका लागि नारायणी अस्पतालमै राखिएको प्रहरीले जनाएको



