प्रदेश खबरराष्ट्रियसमाचारस्थानीय

फिलिपिन्स भ्रमणमा मुख्यमन्त्री यादव कार्यवाहक  मुख्यमन्त्रीको जिम्मेवारी पुन्ह पाए मा.मन्त्री समिर ।

जनकपुरधाम । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिरलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री समिरलाई कार्वाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन्।

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको पत्रअनुसार मन्त्री समिर फिलिपिन्सको मनिलामा आयोजना हुने ‘3rd Climate Adaptation Investment Planning Forum (CAIP2026)’ मा सहभागी हुन जाने भएका छन्। उक्त कार्यक्रम सेप्टेम्बर १५ देखि १६, २०२६ सम्म आयोजना हुँदैछ।

मुख्यमन्त्री यादव विदेश भ्रमणमा रहने अवधि सम्म मधेस प्रदेश सरकारको कार्यसम्पादनमा निरन्तरता कायम राख्न मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम उनलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री समिरलाई  तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

मुख्यमन्त्री कृष्ण प्रसाद यादवले हस्ताक्षर गरेको पत्रमा मन्त्री समिर २०८३/०५/२९ गतेदेखि फिलिपिन्सबाट फर्केर नआउन्जेलसम्म कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहने उल्लेख गरिएको छ।

मन्त्री समिरले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएपछि उनको अनुपस्थितिमा प्रदेश सरकारका नियमित कामकारबाही तथा आवश्यक प्रशासनिक निर्णय प्रक्रियालाई निरन्तरता दिने जिम्मेवारीसमेत उनको काँधमा आएको छ।
मुख्यमन्त्री कार्यालयले उक्त जानकारी मधेश प्रदेशका प्रदेश प्रमुखको कार्यालयलाई समेत बोधार्थ पठाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button