
बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–५ बकुलिया टोलबाट हराएका तीन बालबालिका भारतमा सुरक्षित अवस्थामा फेला परेका छन्।
भारत घर भई हाल जितपुर–सिमरा उपमहानगरपालिका–५ बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका छोरा धिरज पासवान तथा छोरीहरू सुन्दरी पासवान र काजल पासवान २०८३ साल भदौ २८ गते बिहान करिब ५ बजेबाट घरबाट सम्पर्कविहीन भएका थिए।
बालबालिका सम्पर्क बिहिन भएपछि पासवानले प्रहरीमा बालिका हराएको जानकारी गराएको थियो । प्रहरीले जानकारी भए लगत्तै प्रहरीको टोलि र परिवारका सदस्यले उनीहरूको खोजतलासको काम थालेका थिए। खोजतलासको क्रममा सहि दिन बेलुका करिब ८ बजे बालबालिकाका बुबा मुकेश पासवानले उनीहरू भारतको मोतिहारी जिल्लास्थित रामगढवा थाना–१३ मा आफ्नो आफन्तको घरमा सुरक्षित अवस्थामा तिनै जना बालिकाहरु सुरक्षीत आस्थामा रहेको बारा प्रहरीलाई जानकारी गराएका हुन्। प्रहरीका अनुसार बालबालिका सुरक्षित रहेको खबर जानकारी प्राप्त भएपछि उनीहरूको थप खोजतलास गर्नुपर्ने अवस्था नरहेको बारा प्रहरीले जनाइएको छ।
तीनै बालबालिका सुरक्षित फेला परेपछि परिवारमा समेत राहत मिलेको छ। बालबालिकाको अवस्थाबारे आवश्यक समन्वय तथा थप विवरण भने सम्बन्धित परिवार र सुरक्षा निकायबाट यकिन गरिने जनाइएको छ।



