
बारा । ब्राह्मण समाज नेपाल, बारा जिल्ला कार्यसमितिले आफ्ना सचिवालय सदस्य स्वर्गीय सुजित कुमार पाण्डेयको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

समाजका लागि सक्रिय रहँदै आएका पाण्डेयको २०८३ साल भदौ ११ गते असामयिक निधन भएपछि उहाँको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। पाण्डेयको निधनले उहाँको परिवार तथा आफन्तजनसँगै सामाजिक क्षेत्रमा समेत अपूरणीय क्षति पुगेको आयोजकले जनाएको छ।
कार्यक्रममा स्वर्गीय पाण्डेयको तस्वीरमा माल्यार्पण तथा दीप प्रज्वलन गर्दै उहाँप्रति सम्मान व्यक्त गरिएको थियो। सहभागीहरूले केही समय मौनधारण गरी दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।
श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले स्वर्गीय पाण्डेयले समाज तथा समुदायका विभिन्न गतिविधिमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँको निधनले सामाजिक क्षेत्रमा सक्रिय एक कर्मठ व्यक्तित्व गुमाएको बताएका थिए। समाजप्रतिको जिम्मेवारी निर्वाह गर्ने क्रममा पाण्डेयले पुर्याएको योगदानलाई आगामी दिनमा समेत स्मरण गरिरहने उनीहरूको भनाइ थियो।

पाण्डेयको निधनको खबरले परिवार, आफन्त, शुभेच्छुक तथा सामाजिक क्षेत्रमा आबद्ध व्यक्तिहरूमा शोक छाएको छ। उहाँको निधनप्रति ब्राह्मण समाज नेपाल, बारा जिल्ला कार्यसमितिले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
यसैबीच, जातीय सेवा महासमाज, बाराले समेत स्वर्गीय सुजित कुमार पाण्डेयप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।



