राष्ट्रियसमाचार

निजगढमा चट्याङ लागेर ३५ वर्षीया महिला घाइते

बारा । बाराको निजगढ नगरपालिका–१३ पेचि टोलमा चट्याङ लागेर एक महिला घाइते भएकी छन्। शुक्रबार साँझ करिब ५ बजे पानीसँगै परेको चट्याङ लाग्दा स्थानीय विशाल गोलेकी श्रीमती अन्दाजी ३५ वर्षीया निर्मला गोले घाइते भएकी हुन्।

चट्याङ लागेर घाइते भएको खबर साँझ करिब ५ः३० बजे अस्थायी प्रहरी पोस्ट रतनपुर, बारामा प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक (प्रसनि) अमरेन्द्र कुमार मण्डलको कमाण्डमा दुई जनाको प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीका अनुसार चट्याङ लागेपछि निर्मला गोलेको शरीरको दाहिनेतर्फको हात र खुट्टा नचल्ने अवस्थामा रहेको थियो। यद्यपि, उनी बोल्न सक्ने अवस्थामा रहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते गोलेको निजगढस्थित सीटी अस्पतालमा उपचार भइरहेको छ। उपचारका क्रममा उनका आफन्त लक्ष्मी लामा समेत संलग्न रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण तथा घाइतेको स्वास्थ्य अवस्थाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button