प्रदेश खबरराष्ट्रियसमाचार
बाढीमा बेपत्ता २८ जनामध्ये बाराका सैनिक रोवित कुमार साह परिवारको सम्पर्कमा

बारा – बाढीका कारण सम्पर्कविहीन भएका २८ जनामध्ये बाराका एक जना नेपाली सेनामा कार्यरत व्यक्ति सम्पर्कमा आएका छन्।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका–१२, शान्तिटोल निवासी तथा नेपाली सेनामा कार्यरत रोवित कुमार साह बाढीका कारण केही समयदेखि परिवार तथा आफन्तको सम्पर्कबाट बाहिर रहेका थिए। साह अहिले सम्पर्कमा आएका छन्।
जिल्ला प्रशासन कार्यालय बाराले बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने कार्य जारी रहेको जनाएको छ।
प्रशासनका अनुसार बाढीका कारण सम्पर्कविहीन भएका २८ जनामध्ये साह सम्पर्कमा आएसँगै अन्य बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी कार्यलाई समेत थप प्रभावकारी बनाइएको छ।



