प्रदेश खबरराष्ट्रियसमाचार

बाढीबाट भएको जनधनको क्षतिप्रति मधेस सरकारद्वारा दुःख व्यक्त

जनकपुरधाम –  रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लाका नदीहरूमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति मधेस प्रदेश सरकारले गहिरो दुःख व्यक्त गरेको छ। मधेस प्रदेश सरकार, गृह, सञ्चार तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढीका कारण ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।

गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोद्वारा जारी विज्ञप्तिमा बाढीबाट घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै विपद्को यस कठिन घडीमा संघीय सरकारबाट उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि गरिएका निर्णयप्रति मधेस प्रदेश सरकारले ऐक्यबद्धता जनाएको छ।

मन्त्रालयले विपद् प्रभावित नागरिक तथा परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन प्रदेश सरकार आफ्नो अधिकारक्षेत्रभित्र आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न सदैव इच्छुक एवं प्रतिबद्ध रहेको जनाएको छ।
विज्ञप्तिमार्फत विपद्को कठिन परिस्थितिमा सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको भन्दै त्यसका लागि सम्बन्धित निकायलाई समेत आग्रह गरिएको छ।

मन्त्री महतोले विपद्को समयमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन सबै तहका सरकार र सरोकारवाला निकायबीच सहकार्य र समन्वयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button