राष्ट्रियसमाचारस्थानीय

बिषालु सर्पको टोकाइबाट गम्भीर बनेकी महिलाको स्वास्थ्यमा सुधार, अस्पतालबाट घर फर्किइन्

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाकी ५५ वर्षीय रामपति देवी महतो बिषालु सर्पको टोकाइबाट बिरामी परेकी छन्। उनको उपचार नारायणी अस्पताल वीरगन्जमा उपचाररत रहेकी महतोको स्वास्थ्यमा सुधार आएपछि आफन्तले अस्पतालबाट डिस्चार्ज गराएर बुधबार घर लगेका छन्।

महतोलाई मिति २०८३/०५/०२ गते बिहान करिब ४ बजे आफ्नै घरको भुइँमा ओछ्यान लगाएर सुतिरहेको अवस्थामा महतोलाई विषालु सर्पले टोकेको थियो। सर्पले टोकाई पछि गम्भीर अवस्थामा रहेकी उनलाई तत्काल नारायणी अस्पताल वीरगन्ज लगेर उपचार सुरु गरिएको थियो।

उपचारका क्रममा उनका छोरा विनोद महतो अस्पतालमा संलग्न रहेको जनाइएको छ। घटनाबारे अस्पतालमार्फत बिहान करिब ६:१० बजे इलाका प्रहरी कार्यालय जितपुर  बारालाई जानकारी प्राप्त भएको थियो। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमान्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।घटनास्थल इलाका प्रहरी कार्यालय जितपुरबाट करिब २ किलोमिटर उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ।

 

यसैबीच, सर्पदंशपछि नारायणी अस्पतालमा उपचाररत महतोलाई मिति २०८३/०५/१० गते अपराह्न ४:४८ बजे आफन्तहरूले स्वास्थ्यमा सुधार आएको भन्दै घर लैजान डिस्चार्ज मागेका थिए। अस्पतालमा खटिएका प्रहरीमार्फत प्राप्त जानकारी अनुसार आफन्तले उनलाई अस्पतालबाट डिसचार्ज गराएर घर  लगेका छन्।

अहिले सर्पदंशको घटना बढ्न सक्ने भएकाले राति सुत्दा ओछ्यान, कपडा तथा घर वरपर विशेष सफा राखी सावधानी अपनाउन चिकित्सक तथा सुरक्षा निकायले सुझाव दिँदै आएका छन्। सर्पले टोकेको शंका लागेमा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउनु स्वास्थ कर्मी तथा प्रहरीको सुझाव रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button