राष्ट्रियसमाचारस्थानीय

नाबालिकाको संवेदनशील भिडियो बनाउने प्रहरी हवल्दार पक्राउ, चार दिनको म्याद थप।

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरस्थित खाली घरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उक्त घटनामा पक्राउ परेका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको समयमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार कुमार विकले बालिकासँग सम्बन्धित संवेदनशील विषयको भिडियो बनाएका थिए।

प्रहरीका अनुसार हवल्दार विकले उक्त भिडियो आफ्नो फेसबुक मेसेन्जरमार्फत साथीको मेसेन्जरमा पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनलाई पक्राउ गरिएको हो। उनीविरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ र विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ । मुद्दा दर्ता भएपछि प्रहरीले हवलदार बिक लाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासत कक्षमा राखी थप अनुसन्धान भई रहेको जनाएको छ। बारा प्रहरीले हवल्दार विकलाई २०८३ भदौ ८ गते पक्राउ गरी बारा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

यसैबीच, उक्त संवेदनशील भिडियो बनाउने कार्यमा संलग्न अन्य प्रहरी कर्मचारीको भूमिकाबारे समेत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ। बारा प्रहरीले अनुसन्धान प्रभावित नहोस् तथा पीडित बालिकासँग सम्बन्धित संवेदनशील सामग्री सार्वजनिक वा सामाजिक सञ्जालमा प्रसारण नगर्न विज्ञप्तिमार्फत आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button