राष्ट्रियसमाचारस्थानीय

छतबाट खसेर ३ वर्षीय बालक गम्भीर घाइते

बारा । बाराको कोल्हबीमा घरको छतबाट खसेर तीन वर्षीय बालक गम्भीर घाइते भएका छन्।

जिल्ला रौतहट, यमुनामाई गाउँपालिका–४ गोठटोल घर भई हाल बारा, कोल्हबी नगरपालिका–१ कोल्हबी बजारस्थित इन्द्रप्रसाद पोखरेलको घरमा डेरा गरी बस्दै आएका सशी ठाकुरका तीन वर्षीय छोरा दिव्यांश ठाकुर छतबाट खसेर घाइते भएका हुन्।

प्रहरीका अनुसार २०८३ भदौ ७ गते साँझ करिब ५ बजे एकतले पक्की घरको छतमा खेल्ने क्रममा बालक लडेका थिए। छतबाट खसेपछि उनको टाउको र छातीमा चोट लागेको थियो।

घाइते बालकलाई तत्काल स्थानीय जननायक अस्पताल, कोल्हबीमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लगिएको थियो। अस्पतालमा उपचाररत बालकको अवस्था गम्भीर रहेको र उनी बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ।

बालकको उपचारमा उनका बुवा संलग्न रहेका छन्। घटनाबारे अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले सोही दिन साँझ करिब ८ बजे इलाका प्रहरी कार्यालय कोल्हबीलाई जानकारी गराएका थिए।

जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी सहायक निरीक्षक शम्भुप्रसाद यादवको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थल तथा सम्बन्धित स्थानमा खटिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा आवश्यक बुझ्ने कार्य भइरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button