मन्त्री समिरको पहलमा कलैया–मलाही सडक स्तरोन्नतिका लागि बोलपत्रको अहवान दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य।

बारा । मधेस प्रदेश सरकारले बाराको महत्वपूर्ण कलैया–मलाही सडकखण्ड स्तरोन्नतिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक आयोजना व्यवस्थापन इकाइ, जनकपुरधामले १६.२२६ किलोमिटर लामो सडक निर्माण तथा स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको हो।
मिति २०८३-५-२ गते मंगलबार मधेस प्रदेश सरकारका भौतीक पुर्बधार विकास मन्त्री महमम्द समिरको अध्यक्षतामा बैठक बसि कलैया- मलाही सडक स्तरोन्नतिको निर्माण कार्य अघिबढाउनको लागी निर्णय गरेका थिए। उक्त बैठकमा मन्त्रालयका सचिव ओमराज ढुंगाना पुर्ब सचिव संजय प्रसाद साह ,जनक राज पन्त दिपेन्द्र चौदधरी लगायतको उपस्थित रहेको थियो।

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत विश्व बैंकको ऋण सहयोगमा सञ्चालन हुने उक्त आयोजनाको निर्माण अवधि दुई वर्ष तोकिएको छ। सडक स्तरोन्नति भएपछि कलैया–मलाही सडकखण्डमा आवागमन सहज सुरक्षित तथा भरपर्दो हुने अपेक्षा गरिएको छ। उक्त सडक आयोजनासँग सम्बन्धित ठेक्का प्रक्रिया, प्राविधिक पद्धति तथा आयोजना व्यवस्थापनसम्बन्धी विषय उल्लेख गरिएको छ। सडक आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउन ठेक्का प्रक्रिया तथा आयोजना व्यवस्थापनमा सम्बन्धित निकायको समन्वय आवश्यक रहेको विषय पनि देखिन्छ।आयोजना दुई चरणमा कार्यान्वयन गरिनेछ।
पहिलो चरणमा साइट क्लियरेन्स, कालोपत्रे तथा बायो इन्जिनियरिङलगायतका निर्माण कार्य गरिनेछ। दोस्रो चरणमा निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म कार्यसम्पादनमा आधारित मर्मतसम्भार गर्ने व्यवस्था गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक तथा योग्य निर्माण व्यवसायीले २०८३ असोज २० गते (६ अक्टोबर २०२६) मध्यान्ह १२ बजेसम्म प्राविधिक तथा वित्तीय प्रस्ताव पेस गर्नुपर्नेछ। प्राविधिक प्रस्ताव सोही दिन दिउँसो १ बजे खोलिनेछ। बोलपत्र जमानतका लागि ३ करोड ८ लाख रुपैयाँ (अमेरिकी डलर २ लाख) रकम तोकिएको छ।
बोलपत्रमा तोकिएको योग्यता तथा मापदण्ड पूरा गर्ने निर्माण कम्पनीले प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्। लामो समयदेखि जीर्ण तथा स्तरोन्नतिको आवश्यकता रहेको कलैया–मलाही सडकको स्तरोन्नति आयोजना मन्त्री महमम्द समिरको पहलमा अघि बढेपछि त्यस क्षेत्रका जनताहरु खुशी व्यक्त गरेका छन । उक्त सडको स्तरोन्नति भएपछि। कलैया, मलाहीलगायत आसपासका क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ।
यस सडकले जिल्लाका विभिन्न स्थानीय तह तथा ग्रामीण क्षेत्रलाई मुख्य बजार र सदरमुकामसँग जोड्ने भएकाले सडक निर्माण सम्पन्न भएपछि स्थानीय आवागमनसँगै कृषि उपज तथा अन्य सामग्रीको ढुवानीमा समेत सहजता आउने अपेक्षा गरिएको छ। स्थानीयवासीले भने बोलपत्र आह्वानमा मात्र सीमित नराखी निर्माण प्रक्रिया छिटो अघि बढाएर तोकिएको दुई वर्षभित्र गुणस्तरीय रूपमा सडक निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।




