राष्ट्रियसमाचारस्थानीय

बारामा तीन वर्षीय नबालिकाको हत्या आरोपमा दुई जना पक्राउ प्रहरीले आरोपित अभियुक्तलाई गरे सर्बजनि

बारा –  बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीय नबालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गत भदौ २ गते साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र नाम, थर र वतन नखुलेकी करिब ३ वर्षीय नबालिका मृत अवस्थामा फेला परेकी थिइन्।

नबालिका मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक  दिलिप क्षेत्रीको कमान्डमा सोकोसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी प्रमुख प्रहरी उपरीक्षक  नरेन्द्र कुँवरको कमान्डमा जिल्ला प्रहरी कार्यालय बाराबाट सोकोसहितको प्रहरी टोलीले घटनास्थल सुरक्षित गरी अनुसन्धान अघि बढाएको प्रहरीले बुधबार दिउँसो ३ बजे पत्रकार समेलन गरी जानकारी गराएको छ।

अनुसन्धानका क्रममा मृतक नबालिका जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरी बस्ने  तीन वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ। बालिका २०८३ साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा जीतपुरसिमरा–१ बस्ने १६ वर्षीय थापाको संलग्नता खुलेको थियो। उनी ना.१ ज ७७५८ नम्बरको ट्याक्सीका सहचालक हुन। उनी घटनामा सङ्गलन रहेको अनुसन्धानका क्रममा थप तथ्य खुलेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ट्याक्सी सहचालक थापाले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको प्रहरीको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा थापा र ना.१ ज ७७५८ नम्बरको ट्याक्सीका चालक जीतपुरसिमरा उपमहानगरपालिका–१ निवासी २४ वर्षीय प्रेम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट थप चार  दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान गर्दै अन्य संलग्नता तथा घटनाको वास्तविक कारणबारे समेत थप अनुसन्धान भइरहेको बारा प्रहरीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button