राष्ट्रियसमाचारस्थानीय

बारामा रासायनिक मलखाद्दको अभाव देखाएर कालोबजारी भैइ रहेको समजसेवी कुशवाहाको भनाई सम्बन्धित निकायलाई ध्यान दिन आग्रह ।

दिपेश कुशवाहा

बारा । बारामा रासायनिक मलको अभाव बढ्दै गएपछि किसानहरू समस्यामा परेका छन्। धानबालीका लागि आवश्यक पर्ने युरिया, डीएपीलगायतका रासायनिक मल सहज रूपमा उपलब्ध हुन नसक्दा किसानहरू चिन्तित बनेका हुन्।

मलको अभाव र वितरणमा देखिएको समस्याप्रति ध्यानाकर्षण गराउँदै कलैयाकी छोरी तथा महिला नेतृ हिरामती कुश्वाहाले सम्बन्धित तीनै तहका सरकार तथा सरोकारवाला निकायलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेकी छन्।

कुश्वाहाले मलको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा किसानलाई महँगो मूल्यमा मल खरिद गर्न बाध्य पार्ने गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग गरेकी हुन्।

उनले किसानले पाउने अनुदानको मल पारदर्शी र निष्पक्ष ढंगले वास्तविक किसानसम्म पुग्ने व्यवस्था मिलाउनुपर्ने बताएकी छन्। मल वितरण गर्ने सहकारी तथा सम्बन्धित केन्द्रहरूमा पर्याप्त अनुगमन गरी वितरणको विवरण सार्वजनिक गर्नसमेत उनले आग्रह गरेकी छन्।

किसानले आफ्नो खेतमा बाली लगाउने समयमा मल नपाउनु अत्यन्तै दुःखद अवस्था हो। किसानको समस्यालाई बेवास्ता नगरी तत्काल मलको आपूर्ति सहज बनाउनुपर्छ,” कुश्वाहाको भनाइ छ।

उनले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी मलको आपूर्ति, भण्डारण र वितरण प्रणालीलाई व्यवस्थित बनाउन आग्रह गरेकी छन्। साथै मलमा हुने कालोबजारी र अनियमितता भएकोले तत्काल अनुगमन गरि कानुनी कारबाही गर्नुपर्नेमा उनले जोड दिएकी छन्।

कृषिप्रधान जिल्लाका किसानले समयमा मल नपाउँदा उत्पादनमा समेत असर पर्न सक्ने भन्दै कुश्वाहाले किसानको समस्यालाई प्राथमिकतामा राखेर तत्काल समाधान खोज्न तीनै तहका सरकारको अनुरोध गराएकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button