राष्ट्रियसमाचारस्थानीय

हेल्मेट अनिवार्य प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

कलैया, बारा । सडक दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्नका लागि अस्थायी ट्राफिक प्रहरी कलैयाले सवारी चालकहरुलाई गाडी चलाउदा हेल्मेटको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ।

अस्थायी ट्राफिक प्रहरी कलैयाको अनुरोधसहित सार्वजनिक गरिएको सचेतनामूलक सामग्रीमा ‘हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्नु होला’ भन्ने सन्देश दिइएको छ। सुरक्षित यात्रा र सुखी परिवारका लागि सवारी सधान चालाउदा हेल्मेटको  प्रयोग गर्न आग्रह गर्दै चालकलाई आफ्नो सुरक्षाप्रति सचेत बन्न भनिएको छ। उक्त सन्देश मुलुक सूचना अस्थायी प्रहरी पोस्ट कलैयाका प्रमुख प्रहरी निरीक्षक प्रीन्शानन्द यादवको सहकार्यमा गरिएको छ।

सचेतनामूलक पोस्टरमा हेल्मेटलाई ‘H’ अर्थात् Head (टाउको), ‘E’ अर्थात् Eyes (आँखा), ‘L’ अर्थात् Lips (ओठ), ‘M’ अर्थात् Mouth (मुख), ‘E’ अर्थात् Ear (कान) र ‘T’ अर्थात् Teeth (दाँत) को सुरक्षासँग जोडेर यसको महत्त्वबारे जानकारी दिइएको छ।

त्यस्तै, दुर्घटनाको पीडा चालक स्वयंले भोग्नुपर्ने भएकाले ट्राफिक प्रहरीलाई मात्रै दोष नदिई सवारी चलाउँदा आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ। पोस्टरमा हेल्मेटले टाउकोसहित शरीरका महत्वपूर्ण अंगलाई दुर्घटनाबाट जोगाउन सहयोग गर्ने उल्लेख छ।
‘सडक सुरक्षा, जीवन रक्षा—सचेत बनौँ, सुरक्षित बनौँ’ भन्ने सन्देशसहित चालकलाई हेल्मेट लगाएर मात्रै मोटरसाइकल तथा स्कुटर चलाउन आग्रह गरिएको छ।

ट्राफिक नियमको पालना, हेल्मेटको सही प्रयोग र सुरक्षित गतिमा सवारी सञ्चालन गर्न सके सडक दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने प्रहरीको सचेतनामूलक सन्देशमा उल्लेख छ। विशेषगरी युवावर्ग तथा विद्यार्थीलाई लक्षित गर्दै सुरक्षित यात्राका लागि हेल्मेटलाई अनिवार्य सुरक्षा साधनका रूपमा प्रयोग गर्न आग्रह गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button