राजनीतिराष्ट्रियसमाचार

नेपाली कम्युनिष्ट पार्टीको भेला सम्पन्न।

बारा / नेपाली कम्युनिष्ट पार्टी बाराको बैठक सम्पन्न भएको छ । जिल्ला समितिले कलैया स्थित उधोग वाणिज्य संघको हलमा बैठक सम्पन्न गरेको छ।

जिल्ला संयोजक गिता कँडेलको अध्यक्षतामा बसेको बैठकले श्रावन ३० गते भव्य र सभ्य रुपमा जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।

हजारौ कार्यकर्ता सहभागी हुने कार्यक्रममा पार्टाको नीति विचार अगामी कार्यदिशा बारे जानकारी गराई सङ्गठनलाई थप मजबुत बनाउने तयारी रहेको जिल्ला सह संयोजक धुर्व यादवले बताएका छन । कार्यक्रमलाई सफल बनाउन विभिन्न जिम्मेवारीहरु बैठकबाट तोकिएको यादवले बताए ।

कार्यक्रम रविराज दंगोल, रामनिवास साह, केन्द्रीय सदस्य रमेश यादव, जिल्ला सह इन्चार्ज बतहु यादव, दिनेश राई, बिजेन्द्र चौधरी, रामचन्द्र प्यासी, मुकेश साह, दिलमाया धामी परमानन्द साह, लवकुश बैठा, उमेश यादव लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button