घुमुवा प्रहरी दिपक गिरीको ‘असुली आतंक’ ? व्यवसायीको नाम र रकमसहितको हस्तलिखित विवरण बाहिरियो:-छानबिन हुन्छ कि स्रोतको प्रश्न ।

रौतहट – इलाका प्रहरी कार्यालय मौलापुर, रौतहटमा विगत लामो समय देखि घुमुवाका रूपमा कार्यरत प्रहरी जवान दिपक कुमार गिरीमाथि व्यवसायी तथा विभिन्न अबैध कारोबारी व्यक्तिहरूबाट रकम असुली गरेको गम्भीर आरोप लागेको छ। गिरीसँग जोडिएको भनिएको एउटा हस्तलिखित कागजात सार्वजनिक भएपछि प्रहरी वृत्तमा समेत प्रश्न उठेको छ।

सार्वजनिक कागजातमा गिरीको नाम, प्रहरी कर्मचारी संकेत नम्बर तथा कार्यरत कार्यालय उल्लेख गर्दै विभिन्न व्यवसायी तथा व्यक्तिको नाम र उनीहरूबाट लिइएको भनिएको रकम लेखिएको छ। कागजातमा केही व्यक्तिको नामसँगै १५ हजार, २ हजार, ३ हजार, ५ हजार, १० हजार, १४ हजार तथा अन्य रकम उल्लेख गरिएको देखिन्छ। रकमसहितको विवरण कागजातमा उल्लेख गरिएको छ। केही नाम, स्थान र कारोबारको विवरण हस्तलिखित भएकाले सम्बन्धित व्यक्तिबाट पुष्टि हुन भने बाँकी रहेको छ।
कागजातको माथिल्लो भागमा “इलाका प्रहरी कार्यालय मौलापुर रौतहट” उल्लेख गर्दै प्रहरी जवान दिपक कुमार गिरीलाई घुमुवाका रूपमा कार्यरत रहेको विवरणसमेत लेखिएको छ। यसले प्रहरीको घुमुवा परिचालन र उनीहरूको गतिविधिमाथि गम्भीर प्रश्न खडा गरेकोछ।
घुमुवाको काम सुरक्षा कि ‘सेटिङ’मा असुली ?
प्रहरीको घुमुवा परिचालनको मुख्य उद्देश्य अपराध नियन्त्रण, सूचना संकलन तथा अवैध गतिविधिमाथि निगरानी गर्नु हो। तर, यदि सार्वजनिक भएको कागजातमा उल्लेखित विवरण सत्य सावित भएमा प्रहरीको जिम्मेवारीलाई नै व्यक्तिगत असुलीको माध्यम बनाइएको गम्भीर अवस्था देखिन सक्छ।
विशेषगरी एउटै व्यक्तिको नाम पटक–पटक उल्लेख हुनु र फरक–फरक रकम देखिनुले यो सामान्य लेनदेन नभई नियमित असुलीको विवरण हो कि भन्ने प्रश्नसमेत उठेको छ।
यस विषयमा इलाका प्रहरी कार्यालय मौलापुर तथा जिल्ला प्रहरी कार्यालय रौतहटले कागजातको सत्यता, रकम असुलीको आरोप र प्रहरी जवान गिरीको वास्तविक भूमिकाबारे निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता देखिएको छ। त्यसतै प्रहरी जवान दिपक कुमार गिरी सङ्ग प्रतिक्रिया लिदा यो कुरा सत्य नरहेको बताएका छन। त्यसतै ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक भरत केसी सङ्ग कुरा गर्दा म सिमामा छैन। मेरो बाट सिमा आठ नौ किलो मिटर पर रहेकोछ। र कुनै पनि प्रहरीले तस्कर र अबैध कारोबारी सङ्ग पैसा खाएको भेटीएमा कर्वाही गर्छु। भने आफ्नोे प्रतिक्रिया दिनु भएको छ।
यद्यपि, प्रहरी संगठनको नाम जोडिएको यस्तो आरोपमाथि तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गरिएन भने घुमुवा प्रहरीको भूमिकामाथि जनस्तरमा थप अविश्वास पैदा हुने देखिन्छ।



