
काठमाडौं – नेपाल प्रहरीमा कार्यरत विभिन्न दर्जाका प्रहरी कर्मचारीको नयाँ तलबमान लागू भएको छ। नेपाल प्रहरीको अनुसूची–३ मा उल्लेख गरिएको तलब संरचनाअनुसार प्रहरी महानिरीक्षक (आईजीपी)देखि प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीसम्मका विभिन्न तहको सुरु तलबमान, ग्रेड संख्या, ग्रेड दर र कायम जम्मा रकम निर्धारण गरिएको छ।
नयाँ तलबमानअनुसार प्रहरी महानिरीक्षक (आईजीपी) तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दुवैको सुरु तलबमान ७९ हजार २९० रुपैयाँ रहेको छ। दुई ग्रेड थपिँदा कायम जम्मा रकम ८४ हजार ५७६ रुपैयाँ पुग्छ।त्यस्तै, प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सुरु तलबमान ६७ हजार ४५ रुपैयाँ र ग्रेडसहित कायम जम्मा ७३ हजार ७५० रुपैयाँ रहेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सुरु तलबमान ६२ हजार ४६६ रुपैयाँ, प्रहरी उपरीक्षक (एसपी)को ५७ हजार ५०५ रुपैयाँ तथा प्रहरी नायब उपरीक्षक (डीएसपी)को ५३ हजार ६११ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
प्रहरीका सबै दर्जाको तलब विवरण
क्र.सं.
प्रहरी दर्जा
सुरु तलबमान
ग्रेड संख्या
ग्रेड दर
कायम जम्मा
१
प्रहरी महानिरीक्षक (आईजीपी)
रु. ७९,२९०
२
रु. २,६४३
रु. ८४,५७६
२
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)
रु. ७९,२९०
२
रु. २,६४३
रु. ८४,५७६
३
प्रहरी नायब महानिरीक्षक (डीआईजी)
रु. ६७,०४५
३
रु. २,२३५
रु. ७३,७५०
४
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)
रु. ६२,४६६
४
रु. २,०८२
रु. ७०,७९४
५
प्रहरी उपरीक्षक (एसपी)
रु. ५७,५०५
५
रु. १,९१७
रु. ६७,०९०
६
प्रहरी नायब उपरीक्षक (डीएसपी)
रु. ५३,६११
५
रु. १,७८७
रु. ६२,५४६
७
प्रहरी निरीक्षक
रु. ४८,०५८
८
रु. १,६०२
रु. ६०,८७४
८
प्रहरी वरिष्ठ नायब निरीक्षक
रु. ४५,०९८
५
रु. १,५०३
रु. ५२,६१३
९
प्रहरी नायब निरीक्षक (एसआई)
रु. ३८,२०३
५
रु. १,२७३
रु. ४४,५६८
१०
प्रहरी सहायक निरीक्षक (एएसआई)
रु. ३६,१४२
७
रु. १,२०५
रु. ४४,५७७
११
प्रहरी वरिष्ठ हवल्दार
रु. ३१,३७२
६
रु. १,०४६
रु. ३७,६४८
१२
प्रहरी हवल्दार
रु. ३०,३५३
६
रु. १,०१२
रु. ३६,४२५
१३
प्रहरी सहायक हवल्दार
रु. २९,२०९
६
रु. ९६४
रु. ३४,९९३
१४
प्रहरी जवान
रु. २६,८९०
५
रु. ८४६
रु. ३१,१२०
१५
रिकुट
रु. २७,७९२
—
—
रु. २७,७९२
प्रहरी कार्यालय सहयोगीको तलब
नेपाल प्रहरीअन्तर्गत प्रहरी कार्यालय सहयोगीका विभिन्न तहको समेत तलब निर्धारण गरिएको छ। विवरणअनुसार पाँचौँ तहका प्रहरी कार्यालय सहयोगीको सुरु तलब ३६ हजार १४२ रुपैयाँ र ग्रेडसहित कायम जम्मा ४० हजार ९६२ रुपैयाँ रहेको छ।
त्यस्तै चौथो तहको ३२ हजार ७०९ रुपैयाँ सुरु तलब तथा ३४ हजार ८८९ रुपैयाँ कायम जम्मा, तेस्रो तहको ३० हजार ३६३ रुपैयाँ सुरु तलब तथा ३२ हजार ३८७ रुपैयाँ कायम जम्मा रहेको छ।
दोस्रो तहका प्रहरी कार्यालय सहयोगीको सुरु तलब २६ हजार ८९० रुपैयाँ र कायम जम्मा २८ हजार ६८२ रुपैयाँ तथा पहिलो तहको सुरु तलब २७ हजार ७९२ रुपैयाँ र कायम जम्मा २९ हजार ६०४ रुपैयाँ रहेको छ।
प्रहरी कार्यालय सहयोगीको तह
सुरु तलबमान
ग्रेड संख्या
ग्रेड दर
कायम जम्मा
पाँचौँ स्तर
रु. ३६,१४२
४
रु. १,२०५
रु. ४०,९६२
चौथो स्तर
रु. ३२,७०९
२
रु. १,०९०
रु. ३४,८८९
तेस्रो स्तर
रु. ३०,३६३
२
रु. १,०१२
रु. ३२,३८७
दोस्रो स्तर
रु. २६,८९०
२
रु. ८९६
रु. २८,६८२
प्रथम स्तर
रु. २७,७९२
२
रु. ९०६
रु. २९,६०४
तलबसँगै भत्ता र सुविधाले कुल आम्दानी फरक पार्ने
प्रहरी कर्मचारीले प्राप्त गर्ने वास्तविक मासिक रकम भने मूल तलब, ग्रेड, प्रोत्साहन भत्ता, राशन तथा अन्य लागू हुने सुविधा जोडिएपछि फरक हुन सक्छ। त्यसैले अनुसूचीमा उल्लेख भएको ‘कायम जम्मा’लाई नै कर्मचारीले हातमा बुझ्ने अन्तिम रकमका रूपमा बुझ्न नहुने हुन्छ।
प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको कायम जम्मा रु. ८४,५७६ रहेकोमा १० प्रतिशत प्रोत्साहन भत्ता जोड्दा रकम करिब रु. ९३,०३४ पुग्छ। यसैगरी अन्य दर्जाका कर्मचारीको हकमा पनि लागू हुने भत्ता तथा सुविधाअनुसार कुल मासिक प्राप्ति फरक पर्न सक्छ। नेपाल प्रहरीमा कार्यरत कर्मचारीको तलब तथा सेवा–सुविधा समयानुकूल परिमार्जन हुँदै आएको छ। जोखिमपूर्ण अवस्थामा समेत चौबीसै घण्टा सुरक्षामा खटिने प्रहरी कर्मचारीको मनोबल बढाउन तलब तथा भत्ताको पुनरावलोकनलाई महत्वपूर्ण मानिन्छ।




