
बारा, साउन २१ — बाराको आदर्श कोतवाल गाउँपालिका–७, कोतवाली बेल्वाका एक ६० वर्षीय पुरुषको करेन्ट लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय गणेश महतो कोईरी रहेका छन्। प्रहरीका अनुसार बिहीबार बिहान करिब १०ः४० बजे घर बाहिर बिजुलीको पोलमा बत्ती बाल्न हुक लगाउने क्रममा दुर्घटना भएको हो। हुकमा जोडिएको तार विद्युत् लाइनमा अल्झिएपछि अर्को तार उनको शरीरमा खस्दा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो। उपचारका क्रममा अस्पतालमा गरिएको परीक्षणपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीका अनुसार मृतकको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको बारा प्रहरीले जानकारी गराएको छ । भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएका छन।



