राष्ट्रियसूचना-प्रविधिस्थानीय

बकैया खोलामा पानीको सतह करिब ९ फिट बढ्यो, बाँध कटान भएपछि प्रहरी सतर्क

बारा, साउन २० — लगातारको वर्षाका कारण बाराको निजगढ नगरपालिका–८ स्थित बकैया खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढेको छ। पानीको सतह अघिल्लो अवस्थाको तुलनामा करिब ९ फिटले बढेपछि खोलाको पश्चिमतर्फ रहेको बाँधमा सामान्य कटान भएको बारा प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय निजगढका अनुसार बुधबार अपराह्नदेखि परेको अविरल वर्षापछि खोलामा पानीको बहाव तीव्र बनेको हो। बाँधमा सामान्य कटान भएको सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक दाताराम अधिकारीको नेतृत्वमा १० जानाको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय निजगढबाट करिब २ किलोमिटर पश्चिमतर्फ पर्छ। हाल प्रहरी टोलीले बाँधको अवस्था, पानीको बहाव तथा सम्भावित जोखिमको निगरानी गरिरहेको छ।

जिल्ला प्रहरी बाराका अनुसार हालसम्म मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ। वर्षा निरन्तर भइरहेकोले नदी तथा खोलाछेउका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा खोलामा आवतजावत नगर्न प्रहरीले आग्रह गरेको छ।

प्रहरीले बकैया खोलाको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ भने थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button