राष्ट्रियसमाचार

पथलैयामा दुई दिनदेखि बेवारिसे अवस्थामा रहेको बोलेरो गाडी फेला

बारा, श्रावण २० — बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका–१ पथलैयास्थित धर्मेश्वर मन्दिर अगाडि दुई दिनदेखि बेवारिसे अवस्थामा रहेको एउटा बोलेरो गाडी फेला परेको छ।

प्रहरी चौकी पथलैयाका अनुसार बा १४ च ८९२५ नम्बरको खाली बोलेरो गाडी मन्दिर अगाडि दुई दिनदेखि पार्किङ अवस्थामा रहेको जानकारी स्थानीय वडा सदस्य राकेश सुब्बाले बुधबार बिहान करिब ११ बजे टेलिफोनमार्फत प्रहरीलाई जानकारी  गराएका थिए।

सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक धर्मबहादुर शाहीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले गाडीको अवस्था निरीक्षण गरी थप अनुसन्धानका लागि उक्त बोलेरोलाई प्रहरी चौकी पथलैयामा ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ।

उक्त स्थान प्रहरी चौकी पथलैयाबाट करिब एक किलोमिटर पूर्व–दक्षिण दिशामा पर्ने प्रहरीले जनाएको छ। गाडी कसले त्यहाँ छाडेको हो, किन बेवारिसे अवस्थामा रहेको हो तथा यसको वास्तविक धनी कोहो पहिचानका लागि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button