राष्ट्रियसमाचारस्थानीय

होटलमा अनैतिक गतिविधिको शंका : प्रहरीको आकस्मिक छापा, सञ्चालकसहित १२ जना नियन्त्रणमा

वीरगञ्ज, साउन २० — पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार क्षेत्रका दुई होटलमा अनैतिक गतिविधि भइरहेको सूचनापछि प्रहरीले आकस्मिक छापा मार्दै होटल सञ्चालकसहित १२ जनालाई नियन्त्रणमा लिएको छ। घटनाले सीमावर्ती क्षेत्रमा सञ्चालन भइरहेका केही होटलको गतिविधिमाथि पुनः प्रश्न उठाएको छ।
जिल्ला प्रहरीका पर्साका अनुसार पक्राउ परेकामध्ये सात जना महिला र पाँच जना पुरुष छन्। उनीहरूमध्ये नौ जना भारतीय नागरिक र तीन जना नेपाली नागरिक रहेका छन्। नियन्त्रणमा परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरीको  हिरासतमा राखिएको छ।

प्रहरी स्रोतका अनुसार विशेष सूचनाको आधारमा  वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको टोलीले एकै समयमा दुवै होटलमा छापा मारेको हो।प्रहरीले एक जाना होटल सञ्चालकलाई समेत नियन्त्रणमा लिए पनि अर्का एक सञ्चालक भने फरार रहेको जनाएको छ। फरार व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। यस घटनाले सीमावर्ती क्षेत्रमा सञ्चालित केही होटलमा हुने अवैध तथा अनैतिक गतिविधिको प्रभावकारी अनुगमन र नियमनमाथि समेत प्रश्न उठाएको छ।

 

प्रहरीले नियन्त्रणमा परेकाहरूको भूमिका, होटल सञ्चालनको प्रकृति तथा सम्भावित संगठित संलग्नताबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।प्रहरीले अनुसन्धान पूरा भएपछि घटनाको वास्तविक प्रकृति र संलग्न व्यक्तिमाथि कानुनबमोजिम प्रक्रिया अघि बढाइने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button