मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्षको २०८३/०८४को बजेट सर्वसहमतले भयो पारित

जनकपुरधाम ३१ असार – मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ।
लामो समयको गतिरोध र विवादपछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले बजेटलाई सर्वसम्मत रूपमा पारित गरेको हो। यससँगै प्रदेशमा बजेट कार्यान्वयनको बाटो खुला भएको छ।
यसअघि गत असार १ गते मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गर्नुभएको थियो। तर, बजेटमा व्यापक त्रुटिहरू रहेको दाबी गर्दै प्रमुख प्रतिपक्ष र अन्य प्रतिपक्षी दलहरूले संशोधन वा अध्ययनका लागि कार्यदल गठनको माग राखेर लगातार प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए।
बजेटमा देखिएको केही विवाद र संसद्को गतिरोध अन्त्य गर्न गत असार २८ गते प्रदेश सभाले सात सदस्यीय कार्यदल गठन गरेका थिए। उक्त कार्यदलले गहन छलफल गरी तयार पारेको १० बुँदे प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश गरेका थिए। प्रतिपक्षी र सतापक्षबीच छलफल गरि कार्यदल समितिले १० बुँदे सुझावलाई समेटेर बजेटको अभिन्न अंग बनाउने सहमति भएसँगै बुधबार प्रदेश सभाको बैठले उक्त १० बुन्दे रायसुझव सहित आर्थिक बर्ष २०८३/२०८४ को बजेटलाई सर्बसहमतले पारित गरेको छ ।



