प्रदेश खबरराष्ट्रियसमाचार

लक्ष्मी सनराईज बैंकको आर्थिक सहयोग कलैयाको भरत चोकमा नि :शुल्क चिसो पानीको धारा जडान

कलैया, बारा – लक्ष्मी सनराईज बैंक कलैया शाखाको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कलैया उपमहानगरपालिका–१ स्थित भरतचोकमा नि:शुल्क चिसो पिउने पानीको धारा बुधबार जडान गरिएको छ।

भरतचोकमा स्थित घण्टाघरको उत्तरपट्टि जडान गरिएको उक्त धाराले दैनिक आवतजावत गर्ने सर्वसाधारण, निमुखा, अति विपन्न, गरिब तथा असहाय समुदायलाई लक्षित गरि धारा जडान गरिएको  बैंकका कलैया शाखा प्रमुख सरोज अर्यालले  जानकारी गराएका छन।

बैंकका शाखा प्रमुख सरोज अर्यालको पहल तथा बैंकको  आर्थिक सहयोगमा धारा जडान गरिएको छ। धारा सञ्चालनमा आएपछि भरतचोक आसपासका श्रमिक, यात्रु तथा दैनिक रूपमा सडक क्षेत्रमा बसोबास गर्ने विपन्न व्यक्तिहरूले सहज रूपमा नि: शुल्क  चिसो पिउने पानी प्राप्त गर्न थालेका छन्। स्थानीयवासीले यस कार्यको प्रशंसा गर्दै सार्वजनिक हितमा गरिएको यस्तो सहयोग उदाहरणीय कार्य  भएको प्रतिक्रिया दिएका छन्।

स्थानीय समुदायका अनुसार गर्मीको समयमा स्वच्छ तथा चिसो पिउने पानीको अभाव हुने गरेको अवस्थामा बैंक र युवाहरूको संयुक्त पहलले ठूलो राहत पुगेको छ। धारा जडान भएपछि निमुखा तथा असहाय व्यक्तिहरूले खुसी व्यक्त गर्दै सहयोगी सबैप्रति आभार प्रकट गरेका छन्।

सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक हितका यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने लक्ष्मी सनराईज बैंक कलैया शाखाले जनाएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button