राष्ट्रियसमाचार

बिरगंजको सिर्सिया नाकाबाट वरिष्ठ सई जिम्बाको निर्देशनमा तस्करीको लाईन दियो स्रोतको दाबी।

बिरगंज , पर्सा – पर्साको सिर्सिया नाकाबाट तस्करी नियन्त्रणमा खटिएका प्रहरी कर्मचारीमाथि मोटो रकम लिएर अवैध सामान भित्र्याउने लाइन खोलिएको गम्भीर आरोप लागेको छ। स्रोतका अनुसार वरिष्ठ प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाको निर्देशनमा घुमुवा प्रहरी सहायक हवल्दार मनिष घर्तीमगर र प्रहरी जवान राकिशोर पासवानले तस्करी गर्ने समूहसँग आर्थिक लेनदेन गरी रातिको समयमा अवैध सामान ओसारपसार सहज बनाएको दाबी गरिएको छ।

स्रोतको भनाइअनुसार उक्त नाकाबाट रातिको समयमा कपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स तथा ठूलो मात्रामा किराना सामानको तस्करी भइरहेको छ। तस्कर समूहलाई निश्चित रकमको सेटिङमा लाइन दिइएको आरोपसमेत लगाइएको

यस विषयमा प्रतिक्रिया लिने क्रममा वरिष्ठ प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बासँग सम्पर्क गर्दा उनले आफूलाई त्यस्तो गतिविधिबारे जानकारी नभएको बताए। यदि त्यसतो गतिविधिमा कुनै पनि प्रहरी कर्मचारी संलग्न रहेको प्रमाण भेटिए सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गर्ने उनले बताएका छन्।

उक्त सिमामा केहि दिन अघि गृहमन्त्री सुदन गुरुङले छड्के अनुगमन गरेको थियो । तरपनी त्यस क्षेत्रबाट तसकरी रोकिएको छैन ।उक्त  क्षेत्रमा पछिल्लो समय तस्करी बढ्दै गएको भन्दै स्थानीयवासीले समेत सुरक्षा निकायको भूमिका प्रभावकारी हुनुपर्ने माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button