राष्ट्रियसमाचार

सामाजिक अभियन्ता हिरामती कुश्वाहाको पहलमा मिर्गौला पीडित  कुश्वाहालाई र- आर्थिक सहयोग

कलैया (बारा)- कलैयाकी सामाजिक अभियन्ता हिरामती कुश्वाहाको पहल तथा नेतृत्वमा संकलित रु. २१,५०० मिर्गौला (किड्नी) पीडित नरेश प्रसाद कुश्वाहालाई हस्तान्तरण गरिएको छ।

कलैया उपमहानगरपालिका–१२, सितलपुर टोल निवासी नरेश प्रसाद कुश्वाहाका दुवै मिर्गौला खराब भई लामो समयदेखि उपचार भइरहेको छ। परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले उपचारलाई निरन्तरता दिन कठिनाइ भइरहेको अवस्थामा हिरामती कुश्वाहाको नेतृत्वमा सहयोग अभियान सञ्चालन गरी उक्त रकम संकलन गरिएको हो।

अभियानमा सहयोग गर्ने दाताहरूको नाम गोप्य राखिएको जनाइएको छ। संकलित रकम सखी महिलाको साथी संस्थाकी प्रबन्धक प्रीयका कुश्वाहा, श्री नविनतम कृषि सहकारी संस्थाका अध्यक्ष उदय ठाकुर, , सामाजिक अभियन्ता हिरामती कुश्वाहा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स.पा.)का नेहा चौधरी, शनि जयसवाल, राकेश सरार्फ, बब्लु गिरि, सागर महतो र practical nepal का प्रतिनिधिको रोहवरमा बिरामी नरेश प्रसाद कुश्वाहालाई हस्तान्तरण गरिएको थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा अभियान टोलीले गम्भीर रोगसँग संघर्ष गरिरहेका बिरामीहरूको उपचारका लागि समाजका सबै पक्षको साथ, सहयोग र मानवीय संवेदनशीलता अपरिहार्य रहेको उल्लेख गर्दै सहयोगको संस्कृतिलाई अझ व्यापक बनाउन सबैमा आग्रह गरेको छन।
अभियानकी अगुवा हिरामती कुश्वाहाले नरेश प्रसाद कुश्वाहाको उपचार अझै जारी रहेकाले सहयोग गर्न इच्छुक व्यक्ति, संघ–संस्था तथा सहयोगी मनहरूलाई आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्न हार्दिक अपिल गर्नुभएको छ।
स्थानीयवासीका अनुसार नरेश प्रसाद कुश्वाहाको उपचारका लागि अझै ठूलो आर्थिक रकम आवश्यक रहेकाले समयमै थप सहयोग जुट्न सके उपचारमा महत्वपूर्ण राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button