राष्ट्रियसमाचार

यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख आचार्यलाई खोजेको बखत उपस्थित हुने सर्तमा बारा प्रहरीले जिम्मा जमानि लगाए। 

कलैया,-  सामाजिक सञ्जालमा प्रसारित यातायात व्यवस्था कार्यालय बारा, कलैयाका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यको कार्यकक्षमै सेवाग्राही माथि दुर्व्यवहार भएको भनिएको भिडियोको विषयमा जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनासम्बन्धी सत्यतथ्य बुझ्न कार्यालय प्रमुख चिन्तन आचार्यलाई सोधपुछ तथा अनुसन्धानका लागि प्रहरी कार्यालयमा मंगलबार उपस्थित गराइएको थियो ।

प्रहरीका अनुसार भिडियोमा दुर्व्यवहार गरेको भनिएका व्यक्ति कलैया उपमहानगरपालिका–२३ निवासी अरुण कुशवाहा खुलेका छन्। घटनाबारे जाहेरी दर्ता गराउन उनलाई बारा प्रहरीले  कार्यालयमा बोलाइएको थियोे कुशवाहा  हालसम्म उनी उपस्थित नभएको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले अरुण कुशवाहालाई मिति २०८३ असार २२ गते बोलाई असार २३ मंगलबार बिहान १० बजेको समयमा जाहेरी लिएर दर्ताका लागि जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन भनेको थियो। तर, तोकिएको समय देखि अहिलेसम्म  उपस्थित नभएकाले चिन्तन आचार्यलाई  खोजेको बखत उपस्थित हुने सर्तमा जिम्मा जमानिमा छाडिएको बारा प्रहरीले प्रेस विज्ञप्तिमार्फ जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले घटनाको निष्पक्ष अनुसन्धान भइरहेको उल्लेख गर्दै, सम्बन्धित व्यक्तिलाई उपस्थित भई कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button