प्रदेश खबरराष्ट्रियसमाचार

बारामा अवैध घरेलु मदिरा नियन्त्रण अभियान तीव्र : प्रहरीले एक हजार लिटर कच्चा पदार्थ नष्ट गर्‍यो

जेष्ठ – १२ कलैया –   बारा प्रहरीले अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण नियन्त्रण गर्ने अभियानलाई तीव्र बनाउँदै ठूलो परिमाणमा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न गाउँ तथा बस्तीमा सञ्चालन गरेको विशेष अनुगमनका क्रममा घरेलु मदिरा उत्पादनका लागि तयारी अवस्थामा राखिएको करिब एक हजार लिटर कच्चा पदार्थ फेला पारेको थियो। प्रहरीले उक्त कच्चा पदार्थ नियन्त्रणमा लिएर स्थानीयवासीको उपस्थितिमा नष्ट गरेको जनाएको छ।
प्रहरीका अनुसार लामो समयदेखि केही स्थानमा लुकिछिपी घरेलु मदिरा उत्पादन हुँदै आएको सूचनाका आधारमा छापा मारिएको थियो। सो क्रममा मदिरा बनाउन प्रयोग गरिने कुहिएको अन्न, मर्चा तथा विभिन्न उपकरणसमेत बरामद गरिएको बताइएको छ।

प्रहरीले अवैध मदिरा उत्पादनका कारण समाजमा झै–झगडा, घरेलु हिंसा, स्वास्थ्य समस्या तथा शान्ति सुरक्षामा असर पर्ने गरेको भन्दै यस्ता गतिविधिमाथि कडाइ गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराले आगामी दिनमा पनि अवैध मदिरा उत्पादन तथा बिक्री–वितरणविरुद्ध अभियान निरन्तर सञ्चालन हुने स्पष्ट पारेको छ। साथै कानुन विपरीतका गतिविधिमा संलग्न नहुन र यस्ता गतिविधिबारे जानकारी भए प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button