प्रदेश खबरराष्ट्रियसमाचार

मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री महमम्द समिर

जेष्ठ – १२

जनकपुरधाम – मधेस प्रदेश सरकारका नवनियुक्त बिना विभागीय मन्त्री मा. महमम्द समिरले आज केही बेरमै मधेस प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्। प्रदेश सरकारको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका मन्त्री समिरप्रति शुभेच्छुक, स्थानीयवासी तथा राजनीतिक वृत्तमा उत्साह र आशा व्यक्त गरिएको छ।

प्रदेश सरकारको विकास निर्माण, सडक सञ्जाल विस्तार, पुल, सरकारी भवन तथा अन्य पूर्वाधार निर्माणको मुख्य जिम्मेवारी बोकेको मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका मन्त्री समिरले जनमुखी र परिणाममुखी कामलाई प्राथमिकतामा राख्ने संकेत दिएका छन्।

कार्यभार ग्रहणपछि मन्त्री समिरले प्रदेशको अधुरा तथा अलपत्र योजनालाई तीव्र गतिमा अघि बढाउने, ग्रामीण तथा दुर्गम क्षेत्रसम्म सडक पहुँच विस्तार गर्ने, विकास निर्माणका कामलाई पारदर्शी र प्रभावकारी बनाउने तथा जनताले प्रत्यक्ष अनुभूति गर्ने योजनामा विशेष ध्यान दिने अपेक्षा गरिएको छ।

मन्त्री समिरले जिम्मेवारी सम्हाल्नुअघि विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पूजा–अर्चना गरी प्रदेशवासीको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए। त्यसपछि उनले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर जनतासँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै विकास र सेवामुखी राजनीति गर्ने प्रतिबद्धता दोहोर्याएका थिए। आज हुने कार्यभार ग्रहण कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्य, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, सरकारी कर्मचारी, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहने बताइएको छ।

युवा नेतृत्वका रूपमा परिचित मन्त्री समिरको आगमनसँगै मधेस प्रदेशको विकास निर्माणका कामले नयाँ गति लिने अपेक्षा गरिएको छ। विशेषगरी वर्षौंदेखि अधुरा रहेका सडक  पुल तथा पूर्वाधार आयोजनालाई पूर्णता दिने विषयमा जनताले मन्त्री समिरबाट ठूलो अपेक्षा गरेका छन्।
मन्त्री समिरले प्रदेशको समग्र विकास, सुशासन तथा जनताको विश्वास जित्ने गरी इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button