मदन भण्डारी फाउण्डेसन बारा जिल्ला कमिटीको पूर्ण विस्तारित बैठक सम्पन्न, असोज १० गते जिल्ला अधिवेशन गर्ने निर्णय

कलैया , – मदन भण्डारी फाउण्डेसन, जिल्ला कमिटी बाराको पूर्ण विस्तारित बैठक जिल्ला कमिटी अध्यक्ष रुष्तम अन्सारीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा संगठन सुदृढीकरण, आगामी जिल्ला अधिवेशनको तयारी, संगठन विस्तार तथा भावी कार्ययोजनाका विषयमा विस्तृत छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरिएको जनाइएको छ।
बैठकमा मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य अरबिन्द सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी केन्द्रीय सदस्य किसोर शर्मा, मदन भण्डारी फाउण्डेसन मधेश प्रदेशका अध्यक्ष राज महम्मद राय, प्रदेश कोषाध्यक्ष अशोक तिवारी, प्रदेश सदस्य दिपक चौधरी, प्रदेश सदस्य प्रभु प्रसाद साह, जिल्ला उपाध्यक्ष पनलाल कुश्वाहा, उप–सचिव शशिभुषण चौधरी, उप–सचिव तेजनारायण चौधरी जिल्ला सदस्य शर्मा बैठा लगायत जिल्ला तथा प्रदेश तहका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले स्वर्गीय जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तलाई जनस्तरसम्म पुर्याउँदै संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउने आवश्यकता औँल्याएका थिए। उनीहरूले संगठन विस्तार, युवाको सहभागिता वृद्धि, वैचारिक प्रशिक्षण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
बैठकमा संगठनको वर्तमान अवस्था, जिल्ला तथा स्थानीय तहका गतिविधि, सदस्यता विस्तार, आगामी कार्यक्रम तथा अधिवेशनको व्यवस्थापन सम्बन्धी विषयमा विस्तृत समीक्षा गरिएको थियो। साथै, संगठनलाई अझ गतिशील, अनुशासित र प्रभावकारी बनाउन सबै पदाधिकारी तथा सदस्यहरूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
बैठकले मदन भण्डारी फाउण्डेसन, जिल्ला कमिटी बाराको जिल्ला अधिवेशन २०८३ साल असोज १० गते शनिबार आयोजना गर्ने सर्वसम्मत निर्णय गरेको छ। अधिवेशनलाई सफल बनाउन आवश्यक तयारी तत्काल सुरु गर्ने, विभिन्न उपसमिति गठन गर्ने तथा जिल्लाभरिका सदस्यहरूलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको जनाएको छ।
बैठकको समापन गर्दै जिल्ला अध्यक्ष रुष्तम अन्सारीले आगामी अधिवेशनलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न गर्न सबै पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न आग्रह गर्नुभयो। उहाँले संगठनको उद्देश्य र सिद्धान्तलाई जनस्तरसम्म पुर्याउँदै समाज रूपान्तरणमा फाउण्डेसनले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।



