खेलकुदप्रदेश खबरराष्ट्रियसमाचार

बरवा परता टोलस्थित स्वास्थ्य चौकीको दुई तले भवन पुनःनिर्माण कार्य शिलान्यास सम्पन्न

जेष्ठ – ११

बारा, कलैया । कलैया उपमहानगरपालिका वडा नं. २७ अन्तर्गत बरवा परता टोलमा रहेको स्वास्थ्य चौकीको दुई तले भवन पुनःनिर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ। वडाध्यक्ष अशोक कुमार तिवारी तथा स्वास्थ्य चौकी इन्चार्ज भागरित साहले संयुक्त रूपमा भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो।

आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित बजेटमार्फत पूर्वाधार विकास कार्यालय कलैया, बाराद्वारा निर्माण हुन लागेको उक्त भवन लामो समयदेखि अधुरो अवस्थामा रहेको बताइएको छ। स्थानीयवासीलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भवन पुनःनिर्माण कार्य अघि बढाइएको जनाइएको छ।

करिब २० लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त दुई तले भवन सम्पन्न भएपछि स्वास्थ्य सेवा प्रवाहमा थप सहजता आउने, स्वास्थ्य परीक्षण तथा उपचार सेवामा स्थानीय नागरिकको पहुँच वृद्धि हुने विश्वास लिइएको छ। साथै, भवन निर्माणले क्षेत्रीय विकास र स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले स्वास्थ्य चौकीको स्तरोन्नतिले ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button