मधेस प्रदेशका विना विभागीय मन्त्री समिरद्वारा शोक व्यक्त तथा श्रद्धाञ्जली अर्पण

बारा, जेठ ९ — मधेस प्रदेश सरकारका विना विभागीय मन्त्री मा. महम्मद समिरले कलैया उपमहानगरपालिका–२५ का वडा अध्यक्ष चन्दन पटेलको निवासमा पुगेर उहाँकी आमाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
मन्त्री समिर शनिबार वडा अध्यक्ष पटेलको घरमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको हो। उहाँले दुःखको यस घडीमा परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गर्नुभयो।
त्यसतै भेटघाट कार्यक्रममा नेकपाका युवा नेता रुसतम अन्सारी लगायत स्थानीय तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो। उपस्थित रहेको व्यक्तिहरूले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका थिए।
मन्त्री समिरले सामाजिक तथा मानवीय सम्बन्धलाई मजबुत बनाउन यस्ता दुःखका क्षणमा एकअर्काको साथ र सहानुभूति आवश्यक रहेको बताउनुभयो। दिवंगत आमा प्रती हार्दिक श्रद्धाञ्जली ।



