
जेष्ठ – ७
जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेकपा एमालेका प्रदेश सांसद महम्मद समिरलाई मन्त्री नियुक्त गरेका छन् ।
जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले महमम्द समिरलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् । उनको आजै केहीबेरमा शपथ ग्रहण हुने भएको छ। महमम्द समीर बारा निर्वाचन क्षेत्र नम्बर ३ खबाट प्रत्यक्ष निर्वाचित संसद हुन।
जासपा नेपाल पार्टीबाट मधेश सरकारमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका थिए ।
उनीहरूलाई मुख्यमन्त्री यादवले सत्ता समीकरण फेरबदल हुने भन्दै राजीनामा दिनका लागि भनेका थिए । यद्यपि राजीनामा नदिएपछि बर्खास्त गरेर नयाँ मन्त्री नियुक्तितिर मुख्यमन्त्री यादव लागेका छन ।



