प्रदेश खबरराष्ट्रियसमाचार

मोटरसाइकल दुर्घटनामा ३ को मृत्यु ३ घाइते

महोत्तरी – महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा तीन जना विद्यार्थीको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

एकडारा गाउँपालिका–५ स्थित बखरी चोक नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी भएको आशंका गरिएको प्रहरीले जनाएको छ।

सुभाष दास (जलेश्वर–६ रवि दास  जलेश्वर–६ अभिषेक मण्डल  एकडारा–३, अजमरपट्टी घाइते हुनेहरू:अजय कापर  जलेश्वर–६, धोबौली)अभय कापर  जलेश्वर–६ रोहित दास  एकडारा–५, बथनाहाको रहेकोे छ ।

प्रहरीका अनुसार दुवै मोटरसाइकलमा तीन–तीन गरी ६ जना सवार रहेकोे थियो । उनिहरु एसईई परीक्षा दिएर घर फर्किरहेका विद्यार्थी रहेको बुझिएको छ। घाइतेहरूलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छन्। अजय कापरको प्रादेशिक अस्पताल जनकपुरधाममा र अन्य दुई जनाको रामजानकी अस्पतालमा उपचार भइरहेको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि जलेश्वर प्रादेशिक अस्पतालमा राखिएको छ।

दुर्घटनाको कारणबारे अझै यकिन हुन सकेको छैन। मोटरसाइकल जलेका कारण नम्बरसमेत खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी गराएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button