प्रदेश खबरराष्ट्रियसमाचार
सर्लाही-४ मा मतदान सुरु भएकै केही समयमै हुलदङ्गा

सर्लाही – सर्लाही-४ को एक मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै हुलदंगा भएको छ । केहीबेर तनाव हुँदा रोकिएको मतदान पुन: सुरु भएको छ। सर्लाही क्षेत्र नं. ४ मा मतदान सुरु हुनेबितिकै तनाव सुरु थियो।
क्षेत्र नम्बर चारको बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको हो । मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच हुलदङ्गा भएपछि केही समय स्थिति तनावग्रस्त पुगेको थियो।विवादपछि भएको तनावले केहीबेर मतदान अवरुद्ध भएको थियो अहिले मतदान पुनः सुरु भएको छ । यो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, रास्वपाका अमरेशकुमार सिंहलगायतका उम्मेदवारहरू रहेका छन् ।



