राष्ट्रियसमाचार

हामी क्षयरोग अन्तय गर्छौ , राष्ट्रिय अभियान हाम्रो पहिचान, नारा सहित बारामा बनाईयो :- विश्व क्षयरोग दिवस

कलैया – बाराको कलैयामा मंगलबार विश्व क्षयरोग दिवस भब्य रूपमा मनाईएको छ। स्वास्थ कार्यालय बारा र बागमती सेवा समाज नेपाल सर्लाहीको आयोजनामा स्वास्थ कार्यालय कलैया बारा बाट मंगलबार बिहान प्रभात फेरी निकाली दिवस मनाईएको छ ।

प्रभात फेरीमा हो, हामी क्षयरोग अन्तय गर्छौ , राष्ट्रिय अभियान हाम्रो योगदान , दुई हाप्ते खोखी क्षयरोग हो, कि, क्षयरोगलाई न लुकाउ, अौषधि खाए निको हुन्छ , क्षयरोगीलाई भेदभाव गर्न पाईदैन। जस्ता नारा सहित कलैयाको अस्पताल रोड हुदै भरत चोकमा पुगेर पुनःह स्वास्थ कार्यालयमा आएर प्रभात फेरि सम्पन्न भएको थियो ।

प्रभात फेरि सम्पन्न पश्चात् कार्यक्रममा स्वास्थय कार्यालय बाराका प्रमुख चेतनारयण पण्डितले आफ्नोे मन्तव्य राखदै क्षयरोग निको हुने रोग हो। क्षयरोग लाग्दैमा आतनु पर्दैन। चिकित्सको सल्लाह अनुसार नियमित अौषधी सेवन गर्दा क्षयरोग निको हुन्छ। जानकारी गराए।

त्यस्तै बागमती सेवा समाज नेपालका बारा जिल्ला क्षयरोग कार्यक्रम जिल्ला कोडिनेटर बिहारी प्रसाद कुशवाहाले क्षयरोगको लक्षण बारे जानकारी गराएका थिए । कुशवाहाले लगातार दुई हाप्ता ज्वरो , खोखी , वेटकम हुने , खानखान मननगर्ने , साझपख झमझम पसेना र ज्वरो आउने क्षयरोग लक्षण रहेको कुशवाहाले जानकारी गराए । त्यसता लक्षण भएकोमा नजिकको स्वास्थ चोकी वा किलनिकमा गएर स्वास्थकर्मी सङ्ग सल्लाह लिने कुशवाहाले आग्रह गरे।

कार्यक्रम स्वास्थय कार्यालय बाराका क्षयरोग फोकल पर्सन भागरीथ चौधरी , ल्याब प्रमुख रामबिश्वास साह , सरोज यादव प्रादेशिक अस्पताल कलैया बाराका प्रमुख अजय कुमार गुप्ता बागमती सेवा समाज नेपालका धिरेन्द्र तिवारी मनोज यादव पनिलाल पासवान प्रेमचन्द्र जयसवार प्रदिप चौरसिया कलैया डर्स्टका अमिसा जयसवाल लगायतको उपस्थिति रहेकोे थियो । यो विश्व क्षयरोग दिवस प्रत्येक बर्ष २४ मार्च मनाउने गर्दछन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button