राष्ट्रियसमाचार

छठ पर्वको अवसरमा आइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले छठ पर्वको अवसरमा छठको भोलिपल्ट सोमबार १ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै छठ पर्वको  भोलिपल्ट सार्वजनिक बिदा हुने जनाएको छ।

गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार वि.सं. २०८३ साल कात्तिक २९ गते आइतबार र सोमबार छठ पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै सरकारले दुवै दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेको हो।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामार्फत सम्बन्धित सबैलाई सार्वजनिक बिदाबारे जानकारी गराइएको छ। यस निर्णयसँगै छठ पर्व मनाउने श्रद्धालु तथा सर्वसाधारणलाई पर्वका धार्मिक विधि र परम्परा पूरा गर्न सहज हुने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button