राष्ट्रियसमाचार

रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार रुपैयाँ बरामद, भारतीय नागरिकसहित दुई जना नियन्त्रणमा

प्रेमचन्द्र झा कात्तिक १८ गते
रौतहट । प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको ३० लाख रुपैयाँ र गौरस्थित एक व्यापारिक प्रतिष्ठानबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमाण्डमा खटिएको टोलीले न्यू तराई ट्रेडर्समा खानतलासी गरेको थियो। खानतलासीका क्रममा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ फेला परेपछि प्रहरीले उक्त रकमसहित प्रतिष्ठानका सञ्चालक शेख कमरुललाई समेत नियन्त्रणमा लिएको जनाएको छ।
यसरी प्रहरीले भारतबाट ल्याइएको ३० लाख रुपैयाँ र व्यापारिक प्रतिष्ठानबाट बरामद भएको १४ लाख ६४ हजार ६०५ रुपैयाँ गरी कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नियन्त्रणमा लिएको छ।

भारतबाट ठूलो परिमाणमा नगद रकम लुकाएर ल्याइएको र गौरस्थित व्यापारिक प्रतिष्ठानमा समेत थप रकम फेला परेको घटनाले सीमावर्ती क्षेत्रमा हुने नगद ओसारपसार तथा त्यसको स्रोतबारे प्रश्न उठाएको छ। बरामद रकमको वास्तविक स्रोत, प्रयोजन, कारोबारको प्रकृति र यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button