राष्ट्रियसमाचारस्थानीय

बारामा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट, ५ हजार लिटर मदिरा नष्ट

बारा । बाराको महागढीमाई नगरपालिकाका विभिन्न स्थानमा अवैध रूपमा सञ्चालन गरिएका घरेलु मदिरा उत्पादन गर्ने भट्टी प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार (२०८३ कात्तिक १८ गते) बिहान करिब १० बजे महागढीमाई नगरपालिका–३ र १० नम्बर वडाका विभिन्न स्थानमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी चौकी गञ्जभवानीपुरका प्रहरी नायब निरीक्षक बहादुरप्रसाद यादवको कमान्डमा खटिएको चार सदस्यीय प्रहरी टोलीले विभिन्न स्थानमा सञ्चालन गरिएका अवैध घरेलु मदिरा भट्टीहरू नष्ट गर्नुका साथै करिब ५ हजार लिटर तयारी घरेलु मदिरासमेत नष्ट गरेको हो।

प्रहरी टोलीले बिहान करिब १०ः५० बजे आवश्यक कारबाही सम्पन्न गरी प्रहरी चौकी गञ्जभवानीपुर फर्किएको जनाइएको छ।

प्रहरीले अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने उद्देश्यले उक्त कारबाही गरेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button