
बारा । बाराको परवानीपुर गाउँपालिकामा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ। परवानीपुर गाउँपालिका–५ नौतन टोल निवासी मनोज साहकी १० वर्षीया छोरी सन्झना कुमारीको सर्पदंशका कारण मृत्यु भएको हो।
प्राप्त विवरणअनुसार, २०८३ कात्तिक १ गते राति करिब ११ः५५ बजे आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बालिकालाई नाम नखुलेको सर्पले टोकेको थियो। सर्पले टोकेपछि बिरामी भएकी उनलाई उपचारका लागि पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो।
अस्पतालमा उपचारका लागि पुर्याइएकी बालिकाको चिकित्सकले स्वास्थ्य परीक्षण तथा ईसीजी (ECG) जाँच गर्दा २०८३ कात्तिक २ गते राति १२ः२९ बजे मृत्यु घोषणा गरेका थिए।
बालिकाको मृत्यु भएको जानकारी नारायणी अस्पतालका प्रहरी कर्मचारीमार्फत इलाका प्रहरी कार्यालय प्रसौनीमा प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रामबालक साहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ।घटनाबारे थप विवरण तथा आवश्यक कानुनी प्रक्रिया सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाईएको छ।



