राष्ट्रियसमाचारस्थानीय

करेन्ट लागेर बारामा एक जना पुरुष घाइते

उज्यालो न्यूज/कलैया, १ कात्तिक। बाराको कलैया उपमहानगरपालिकामा करेन्ट लागेर आईतबार करीब १२ बजेको समयमा एक जना पुरुष घाइते भएका छन्।

​कलैया उपमहानगरपालिका–१६ मझौलिया निवासी ३२ वर्षका हमुदिन अंसारी करेन्ट लागेर घाइते भएका हुन्। स्थानीय हबजुल्ला अंसारीका छोरा हमुदिनलाई आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी निकाल्ने क्रममा अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।

​करेन्ट लागेर घाइते भएका उनको हाल प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था मध्यम रहेको छ। भने उपचारमा उनका बुबा हबजुल्ला अंसारी संलग्न रहेका छन्।

​घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट प्रहरी नायब निरीक्षक (प्रनानि) बिमलेश प्रसाद यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button