राष्ट्रियसमाचारस्थानीय

८२ लाख रुपैयाँ ठगीको आरोपमा एक जना पक्राउ

बारा । आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी र ठगी कसुरको मुद्दामा फरार रहेको एक जना अभियुक्तलाई प्रहरीले  पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ साल असोज १६ गते दिउँसो करिब ४ बजेको समयम विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट बसपार्क, कलैयाका प्रमुख प्रहरी नायब  निरीक्षक  विमलेश कुमार यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका–६ स्थित क्षेत्रबाट एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रौतहट जिल्ला देवाही गोनाही नगरपालिका–५ बस्ने ४० वर्षीय सञ्जय कुमार यादव रहेका छन्।

प्रहरीका अनुसार यादवविरुद्ध ८२ लाख रुपैयाँ रकमसम्बन्धी आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा दाखिला गरेको जनाएको छ।
पक्राउ परेका यादवमाथि उक्त घटनासम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button