राष्ट्रियसमाचारस्थानीय

बारा ब्राह्मण समाजद्वारा २०८३ सालको दसैँका तिथिमिति सार्वजनिक

बारा –  ब्राह्मण समाज नेपाल, जिल्ला शाखा बाराले यस वर्षको बडादसैँ तथा नवरात्रसँग सम्बन्धित विभिन्न धार्मिक अनुष्ठान र पर्वका तिथिमिति सार्वजनिक गरेको छ।
समाजले जिल्लाका सम्पूर्ण सञ्चारकर्मी तथा सर्वसाधारणलाई जानकारी गराउँदै प्रेस विज्ञप्तिमार्फत दसैँका प्रमुख पर्व तथा धार्मिक विधिहरूको मिति सार्वजनिक गरेको हो।

समाजका अध्यक्ष अनिलकुमार पाण्डेयद्वारा जारी विज्ञप्तिमा आचार्य, ज्योतिषी तथा शास्त्रीय पण्डितहरूसँगको छलफल तथा निर्णयअनुसार दसैँका विभिन्न धार्मिक कार्यतालिका निर्धारण गरिएको उल्लेख छ।

विज्ञप्तिअनुसार घटस्थापना २०८३ साल असोज २५ गते आइतबार परेको छ। त्यसैगरी नवरात्रअन्तर्गत बिल्वाभ्यङ्ग/निमन्त्रण तथा अन्य धार्मिक विधि, फूलपाती तथा नवपत्रिका प्रवेश, महाअष्टमी, महानवमीमा कन्या पूजन तथा हवन र विजयादशमीमा टीका तथा जमरा ग्रहण गर्ने तिथिसमेत समाजले सार्वजनिक गरेको छ।

समाजले धार्मिक परम्परा, शास्त्रीय मान्यता तथा ज्योतिषीय गणनाका आधारमा निर्धारण गरिएका उक्त तिथिमितिअनुसार नै पर्व तथा धार्मिक कार्यहरू सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ। ब्राह्मण समाज नेपाल, जिल्ला शाखा बाराले दसैँका अवसरमा गरिने धार्मिक संस्कार तथा अनुष्ठानमा शास्त्रीय विधि र परम्पराको पालना गर्नसमेत आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button