राष्ट्रियसमाचारस्थानीय

बारामा ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ

मिति: २०८३ असोज ०५ गते

​कलैया – बारामा अवैध लागू औषध ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

​पक्राउ पर्नेमा भारत, मोतिहारी जिल्ला, नकरदेही पञ्चायत वडा नं. २ बिर्ता टोलका अन्दाजी ४० वर्षीय दुखी साह रहेका छन्।

​इलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी मुसहर्वा बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले असोज ०४ गते बिहान करिब ०९:३० बजेको समयमा जिल्ला बाराको विश्रामपुर गाउँपालिका वडा नं. ०४ बलिरामपुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा साहलाई रोकेर चेकजाँच गरेको थियो।

​चेकजाँचका क्रममा उनले चलाएको साइकलको सिटमुनि लुकाई-छिपाई ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ (प्लास्टिकसहित ७.३५ ग्राम) बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

​पक्राउ परेका साहमाथि लागू औषध कसूरमा मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालत कलैयाबाट दिन ५ (पाँच) को म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button