जिराभवानिपुर बाट नेपाल प्रहरी द्वारा करोबारी सहित भन्सार छलिका कपडा बरामद

पर्सा, १० भदौ — पर्साको जिराभवानी गाउँपालिका–१, बलुवा टोलबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएको करिब १० लाख रुपैयाँ मूल्य बराबरको कपडासहित एक जना कारोबारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१७ निवासी २५ वर्षीय दिप्रन्द्र साह रहेका छन्। इलाका प्रहरी कार्यालय सेढवा, प्रहर प्रहरी चोकी माहदेवपट्टीबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भारतको भंगहाबाट रातिको समयमा भन्सार छली गरी नेपाल ल्याइएका कपडाका पोका बलुवा टोल आसपासको बासघारीमा लुकाएर राखिएको अवस्थामा कपडाको पोका फेला परेका थिए।
बरामद कपडाको अन्दाजी मूल्य करिब १० लाख रुपैयाँ रहेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। उनका अनुसार सीमा क्षेत्रबाट अवैध रूपमा नेपाल भित्र्याइएका कपडा तत्काल बजारमा नलगेर गाउँ नजिकैका सुनसान स्थानमा लुकाएर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरी द्वारा पक्राउ परेका साह सहित बरामद कपडा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाएको जानकारी गराएको छ। भन्सार कार्यालयबाट बरामद सामानको मूल्यांकन तथा थप कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।
घटनामा साहबाहेक अन्य व्यक्ति संलग्न भए/नभएको तथा भारतबाट कपडा नेपालसम्म ल्याउने, लुकाएर राख्ने र बजारमा पठाउने कार्यमा संलग्न समूहबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले यस घटनालाई सीमावर्ती क्षेत्रमा हुने अवैध आयात नियन्त्रणसँग जोडेर थप निगरानी र अनुसन्धान अघि बढाएको छ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय भन्सार छली गरी कपडा, खाद्यान्न तथा अन्य उपभोग्य सामग्री नेपाल भित्र्याउने क्रम बढेको भन्दै प्रहरीले त्यस्ता गतिविधि नियन्त्रणका लागि सुरक्षा निगरानी र कारबाहीलाई थप कडाइ गर्ने जनाएको



