
कलैया – नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नेजामुद्दीन अन्सारीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
अन्सारीले बारा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहलाई कालो मसी दल्ने चेतावनी आफ्नो फेसबुकमा लेखिदिएको आरोपमा अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अंसारीले एक दिनअघि सामाजिक सञ्जालमार्फत ‘ओपन च्यालेन्ज’ दिँदै निर्वाचन क्षेत्र नम्बर–३ का सांसद साहलाई जहाँ भेटे त्यहीँ कालो मसी दल्ने लेखेका थिए। उनले सांसद साहले आफ्नो घोषणापत्र अनुसार १ प्रतिशत पनि काम नगरेको दाबीसमेत गरेका थिए।
उक्त एटेस्टस लेखेको आधारमा अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अन्सारीलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेको र थप अनुसन्धान भैइरहेको जानकारी गराउनु भएको छ । तर राजनीतिक जानकारहरुले संसाद साहले खेलेको भूमिकाको अलोचना गरेका छन।



