राष्ट्रियसमाचारसूचना-प्रविधि
लगातारको वर्षाले मकवानपुरका दुई मुख्य सडकखण्डमा सवारी आवागमनमा रोक

मकवानपुर, असार २९ – अविरल वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि दुई प्रमुख सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अत्यन्त जरुरी सूचना जारी गरेको हो।
प्रशासनका अनुसार असार २८ गते रातिदेखि परेको लगातार वर्षाका कारण सडक अवरुद्ध भई यातायात सञ्चालनमा उच्च जोखिमको अवस्था सिर्जना भएको छ। सम्भावित दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षाका लागि सम्बन्धित निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई तोकिएको स्थान र समय अवधिभर सवारी सञ्चालन नगर्न अनुरोध गरिएको छ।



