राजनीतिराष्ट्रियसमाचार

नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिको विस्तारित बैठक जेठ २५ गते हुने।

जेष्ठ -२४

कलैया, बारा –  नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराले पार्टीको संगठन सुदृढीकरण, समसामयिक राजनीतिक विषय तथा आगामी कार्यक्रमबारे छलफल गर्न विस्तारित बैठक आह्वान गरेको छ।
जिल्ला कार्य समिति बाराका कार्यालय सचिव  अम्बिका  प्रसाद यादव द्वारा जारी सूचनाअनुसार विस्तारित बैठक २०८३ साल जेठ २५ गते सोमबार बिहान ८ः०० बजे नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय, बी.पी. नगर, कलैया मा आयोजना हुने भएको छ।
बैठकमा नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसैगरी नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री तथा पूर्व मन्त्री उमाकान्त चौधरी विशेष अतिथिका रूपमा उपस्थित रहने जनाइएको छ।
जिल्ला कार्यसमितिले बैठकमा जिल्लाभरका पार्टीका विभिन्न तहका पदाधिकारी तथा प्रतिनिधिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ। सूचनाअनुसार जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, प्रतिनिधिसभा क्षेत्रका महाधिवेशन प्रतिनिधिहरू, महासमिति सदस्यहरू, प्रदेशसभा क्षेत्रीय सभापतिहरू, प्रदेशसभा क्षेत्रका महाधिवेशन प्रतिनिधिहरू, पालिका सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका अध्यक्षहरू तथा वडा सभापतिहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ।
पार्टीको संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने, जिल्लाको राजनीतिक अवस्था, संगठन विस्तार तथा आगामी रणनीतिबारे महत्वपूर्ण निर्णय लिन बैठक आयोजना गरिएको बताइएको छ। बैठकले पार्टी संगठनलाई थप चलायमान बनाउने तथा कार्यकर्ताबीच समन्वय र एकता मजबुत पार्ने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिले सम्बन्धित सबै नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूलाई तोकिएको समयमै उपस्थित भई बैठकलाई सफल बनाउन अनुरोध गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button