निर्वाचन क्षेत्रमा मन्त्री समिरको जानतासङ्ग प्रत्यक्ष भेटघाट, शुभकामना आदानप्रदान तथा विकासबारे छलफल

जेष्ठ – ९
बारा – मधेस प्रदेश सरकारका नवनियुक्त विना विभागीय मन्त्री मा. महमम्द समिरले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत बारा जिल्लाका विभिन्न वडा तथा गाउँमा पुगेर स्थानीय नागरिकसँग भेटघाट, बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्नुभएको छ।

मन्त्री समिरले कलैया उपमहानगरपालिका वडा नं. १२, १०, २० र १९ तथा फेटा गाउँपालिका वडा नं. ५ र ६ मा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्नुभएको हो। कार्यक्रममा स्थानीय अगुवा, बुद्धिजीवी, युवावर्ग महिला समूह तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

भेटघाटका क्रममा मन्त्री समिरले जनताको सुख-दुःख, स्थानीय आवश्यकता तथा विकास निर्माणसम्बन्धी समस्याबारे जानकारी लिनुभएको थियो। उहाँले आफू जनताकै मतबाट निर्वाचित भएकाले जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै प्रदेश सरकार जनताको आधारभूत आवश्यकता पूरा गर्न तथा विकासलाई तीव्रता दिन प्रतिबद्ध रहेको बताउनुभयो।

स्थानीय बासिन्दाले मन्त्री समिरलाई स्वागत गर्दै क्षेत्रको विकास, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा युवाका रोजगारीका विषयमा ध्यान दिन आग्रह गरेका थिए। जवाफमा मन्त्री समिरले क्रमिक रूपमा सबै समस्याको समाधानका लागि पहल गर्ने आश्वासन दिनुभयो।
कार्यक्रममा सहभागीहरूले मन्त्री समिरको जनतामाझ प्रत्यक्ष पुगेर संवाद गर्ने शैलीको प्रशंसा गर्दै यसले जनप्रतिनिधि र जनताबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेका थिए।

भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ। कार्यक्रम युवा नेता रुसतम अन्सारी बिकि साह लगायतको समेत उपस्थित रहेको थियो ।



