सहकार्य गर्दै अघि बढ्ने मन्त्री समिरको प्रतिबद्धता

जेष्ठ – ८
जनकपुरधाम – नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै मन्त्री समिरले मन्त्री पद व्यक्तिगत उपलब्धि नभई पार्टी र जनताप्रतिको साझा जिम्मेवारी भएको उल्लेख गरे। उनले आफूले मन्त्रालयमा रहँदा गर्ने हरेक कामकारबाहीमा पार्टीका सबै प्रदेशसभा सदस्यहरूको साथ र मार्गदर्शन आवश्यक पर्ने बताएका हुन।
म एक्लै मन्त्री भएको होइन, सम्पूर्ण माननीयज्यूहरूकै प्रतिनिधित्व गर्दै सरकारमा पुगेका छौ। उनले भने, पार्टीको नीति, जनताको अपेक्षा र प्रदेशको आवश्यकतालाई केन्द्रमा राखेर काम गरछु।मन्त्री समिरले आफ्नो कार्यकालमा कुनै कमजोरी वा त्रुटि देखिए खुलेर आलोचना तथा सुझाव दिन समेत आग्रह गरे। उनले सकारात्मक आलोचनाले कामलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन
बैठकमा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा संसदीय दलका उपनेतासमेत रहेका मन्त्री समिरलाई दलका प्रदेशसभा सदस्यहरूले विशेष बधाई तथा शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा उनलाई खादा लगाएर सम्मानसमेत गरिएको थियो।
सम्मानपछि मन्तव्य राख्दै मन्त्री समिरले पार्टीले आफूलाई दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै जनताको हित, सुशासन र विकासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले पार्टीभित्रको एकता र समन्वयलाई अझ मजबुत बनाउँदै मधेश प्रदेश सरकारलाई प्रभावकारी ढंगले अघि बढाउन आफू सक्रिय रहने बताएका हुन। कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरूले मन्त्री समिरको नियुक्तिले पार्टीभित्र नयाँ उत्साह थपिएको उल्लेख गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए।



