प्रदेश खबरराष्ट्रियसमाचार

बाराबाट  प्रहरी नायब उपरीक्षक  पण्डितको सरुवा, मीनबहादुर घले आउदै।

बारा –  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक सहित १४९ जनाको सुरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले आज सूचना जारी गर्दै उनिहरुको काज तथा सरुवा गरेका छन ।

प्रहरी महानिरीक्षकको आज बसेको सरुवा समितिको  निर्णयानुसार जेष्ठ  महिनादेखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी नायव उपरीक्षकहरुलाई काज तथा सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी  नायव उपरीक्षक विजय राज पण्डितको मधेस प्रदेश प्रहरी कार्यालय प्रहरी नायव महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ। त्यसतै जिल्ला प्रहरी कार्यालय बारामा  काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगन्जबाट  प्रहरी नायब उपरीक्षक मीन बहादुर घले आउदै छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button